रुबिना बनिन् बिग बोस

काठमाडौं : भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् ।रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments