प्रजातन्त्र दिवसमा तरुण दलद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं : नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका केन्द्रीय समितिले अस्पतालमै माक्स, स्यानिटाइजर र पीपीई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
तरुण दलले ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राडा। पारस आचार्यलाई २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष बस्नेतले कोरोना भारसको अहिलेको जोखिम अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरिरहेकाले उनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । ‘जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै ७१औं प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरियो’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments