काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोलले हरायो । अर्को खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलले पराजित ग¥यो ।
आर्मीको जितमा शर्मिला थापा र विमला विकले दुई÷दुई गोल गरे । आर्मीका लागि सपना लामा, विमला चौधरी र रश्मि घिसिङले एक÷एक गोल थपेका थिए । आर्मीकी सपना लामा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।
जितसँगै १९ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफले २४ अंक बनाएको छ । विराटनगरको १० अंक छ ।
यसैगरी वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथ एक्लैले पाँच गोल गरिन् । टौटा नोइलीले दुई गोल थपेकी थिइन् । चौदण्डीगढीकी अञ्जना थुलुङले सान्त्वना गोल फर्काइन् । लिगमा वालिङको यो चौथो जित हो । वालिङकी मेथो रुथ प्लेयर अफ दी म्याच घोषित भइन् । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । जितसँगै वालिङले नौ खेलबाट १८ अंक बनाएको छ । वालिङ तेस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ ।
फागुन ७ गतेसम्म चल्ने लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

नेपालमाला
