काठमाडौं : नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा आयोजना भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेकी छन् । महिलातर्फको निर्धारित दूरी पुष्पाले दुई घण्टा ५९ मिनेट तीन सेकेन्डमा पूरा गरेकी थिइन् ।
पुष्पाले गत वर्ष नेपालमा नै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेकी थिइन् ।
बंगलादेशको ढाकामा भएको म्याराथनको उपाधिसँगै पुष्पाले पाँच लाख टाका नगद पुरस्कार जितेको टिम नेपाली टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् ।
उक्त स्पर्धामा तीन राष्ट्रका १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा भारतबाट तीन, नेपालबाट एक र बंगलादेशबाट आठ खेलाडीले भाग लिएका थिए । भारतीय खेलाडीले दोस्रो र तेश्रो स्थान हासिल गरे ।
म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए । किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए । निर्धारित दूरी तय गर्न किरणले दुई घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे । प्रशिक्षक चौधरीका अनुसार किरण बाहेक म्याराथनमा भारतबाट पाँच, माल्दिभ्सबाट एक र बंगालदेशबाट ७०÷८० जनाले भाग लिएका थिए । पुरुष म्याराथनमा शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाएका थिए ।

नेपालमाला
