काठमाडौँ: नेपालमा गत २४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबारको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
हालसम्म नेपालमा १९ लाख ४२ हजार ७०२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४३८ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ८.३८ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

नेपालमाला
