काठमाडौं : पलिस्था कक्षपति मुवाँथाईको वर्ष खेलाडी बनेकी छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रूपमा प्रदान गर्दै आएको वर्ष खेलाडी सम्मानबाट पलिस्था सम्मानित भएकी हुन् ।
पलिस्थालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष गणेशलाल कक्षपतिले नगद ५० हजारसहित सम्मान गरे ।
पलिस्थाले सन् २०१९ को मार्चमा थाइल्यान्डमा भएको १६औं विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
यसैगरी गत वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ खेलाडीलाई खेल पोसाक वितरण गरिएको थियो । गुणराज रुचाल, राहुल थोकर, रसिव जारी, विजय लामा, दिल थोकर, अभिषेक राई, सन्दीप तामाङ, सन्तोष खत्री, शर्मिला मोक्तान, सञ्जय राई, गुनसाँग तामाङलाई खेल पोसाक प्रदान गरिएकोे थियो ।

नेपालमाला
