काठमाडौं : पछिल्ला समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद निकै उत्कर्षमा पुगेका छ । प्रधामन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुग्दा यसले विभिन्न क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि असर गर्न दखिएका छ । नेकपा विवादकै कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलील निरंकुश र असंवैधानिक कदम चालेका कारण आफूले राजीनामा दिएको उनले युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको पत्रमा उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध सिङ्गो देश आन्दोलित भइरहेका बेला अबैधानिक सत्ताको पक्षमा रहेर उसका हतकण्डाको रमिते बन्नु उचित रहेन’, उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।
उनले वर्तमान सरकारले नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई समेत असफल पार्ने काम गरेको आरोप लगाएका छन्।
‘सरकार नपाली जनताको दशकांै लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालका संविधानलाई असफल बनाउन खलमा लागेको छ’, उनले पत्रमा भनेका छन्, ‘राष्ट्रिय खेलकुद परिषदमा सदसयका रुपमा मेरो दोस्रो कार्यकाल यहीं पूर्णविराम लगाई आपूलाई देश र जनताको आन्दोलनमा समर्पण गर्दै आजैका मितिदेखि लागू हुने गरी पदबाट राजिनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’
राष्ट्रिय खेलकुद परिषद्मा केसीका दोस्रो कार्यकाल हो । उनी यसअघि पनि परिषद्कै बोर्ड सदस्य थिए । गत असारमा नयाँ खेलकुद ऐन लागु भएपछि उनी पदबाट हटेका थिए । केसी प्रचण्डका कोटामा सदस्य नियुक्त भएका थिए ।


नेपालमाला
