दरबारमार्गमा उर्लिएको राजावादीको भीड (भिडियोसहित)

काठमाडौं : शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका संगठनले राजसंस्था पुनस्र्थापनाको पक्षमा विशाल मोटरसाइकल ¥याली आयोजना गरेको छ ।
काठमाडौंको माइतीघरबाट सुरु भएको ¥याली नारायणहिटी राजदरबार अगाडि पुगेर सभामा परिणत हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि नारायणहिटी दरबारमा जान प्रहरीले रोकेपछि दरबारमार्गकै महेन्द्र शालिकमा नेताहरुले सम्बोधन गरेका थिए । त्यसक्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीको अवस्था सिर्जना भए पनि केही समयमै स्थिति सामान्य बनेको थियो ।

मोटरसाइल ¥यालीलाई नारायणहिटी प्रवेशमा रोक्न अन्नपूर्ण होटल अगाडि प्रहरीले ट्रक तेर्साउनुका साथै नेपाल प्रहरी तथा जनपथ प्रहरीको सुरक्षा घेरा खडा गरेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments