काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् ।युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् ।
युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।
बुधबार भएको ड्राफ्ट अनुसार राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् ।
सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् ।
तीनै जना खलाडी पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् । सोमपालले यसअघि समेत विदेशी फ्रेन्चाईज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् ।
यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागीता जनाईसकेका छन् । गोल्ड क्याटागोरीमा रहेका सन्दीपलाई कुनैपनि टिमले लिएनन् । सन्दीप बीबीएलमा ब्यस्त हुने भएकाले उनलाई टिमहरुले अनुबन्धन नगरिएको बुझिएको छ ।
पारस यसपटक टिम अबुधाबीको ईमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भएका छन्। आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।
टी टेन लिगमा डेकन ग्ल्याडीयटर्स, दिल्ली ब्लुज, मराठा अरबियन्स, नर्दन वारियार्स, टिम आबुधाबी, बंगला टाइगर्स, पुने डेभिल्स र कलान्दर्स सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समुहमा विभाजन गरिएको छ । समुह एमा मराठा अरबियन्स, बंगला टाइगर्स, पुने डेभिल्स र नर्दन वारियार्स रहेका छन् । यस्तै समुह बीमा डेकन ग्ल्याडीयटर्स, टिम आबुधाबी, कलान्दर्स र दिल्ली ब्लुज रहेका छन् ।

नेपालमाला
