काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको विरोधमा नेविसंघले आज काठमाडौंको रत्नपार्कमा विरोध सभा आयोजना गरेको छ ।
सभालाई संवोधन गर्दै नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर संसद विघटन गरी संविधानको मर्म र भावनालाई कुल्चिएको बताए । ओलीले संविधानलाई च्यातेर, गणतन्त्रको घाँटी निमोठ्ने प्रयास गरेको काफ्लेको आरोप छ ।
ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेकोमा सारा नेपालीले विरोध गरेको तर राप्रपाका अध्यक्ष कमल थापाले त्यसलाई स्वागत गरेको प्रशंग निकाल्दै काफ्लेले यसले ओली र थापाबीच साँठगाँठ रहेको पुष्टि भएको बताए ।
‘पहिलादेखि नै गणातन्त्र विरोधी थापा र बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओलीको कुरा मिलेको छु, उनले भने, ‘यसले यी गणतन्त्रविरोधी एउतै कित्तामा उभिएको रओलीको कदम गणतन्त्र विरोधी रहेको पुष्टि हुन्छ ।’
प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदम सच्याउन सारा नेपाली एक हुनुको बिकल्प नरहेको उनले बताए। ओलीले गराउने भनेको चुनाव शाही शासनमा ज्ञानेन्द्र शाहले गराएको चुनावजस्तै हुने उनले ठोकुवा गरे ।

नेपालमाला
