काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सय ९१ पुरुष र एक सय ४२ महिला गरी ३३३ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार ८८ संक्रमित छन् । यस्तै ललितपुरमा ८२९ र भक्तपुरमा ३५० सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। ५ हजार ४२३ स्वाब नमूना परीक्षणमा ८२१ जनामा संक्रमण देखिएो मन्त्रालयले जनाएको छ।
यस्तै सोमबार ८४२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.९ प्रतिशत हो।
देशभर सक्रिय संक्रमितको संख्या भने १० हजार ९५५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यस्तै अहिले ४७१ जना क्वारेन्टिन र १० हजार ९५५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


नेपालमाला
