काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २२ सय ६ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन्।
१४ हजार २५५ सक्रिय संक्रमित रहेको नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ। क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा कुल १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमाला
