काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् । आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गर्न विभिन्न विधामा खेलाडीको मनोनयन गरेको छ ।
एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन परेका छन् ।
पारसले नेपाललाई डिभिजन पाँचदेखि एकदिवसीय मान्यतासम्म पु¥याउन कप्तानको भूमिका निर्वाह गरेका थिए । उनको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१४ मा टीट्वेन्टी विश्वकप खेलेको थियो ।
आईसीसीले एक दशकको अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न स्पिरिट अफ क्रिकेट, आईसीसी एसोसियट क्रिकेटर, आईसीसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, एकदिवसीय पुरुष र महिला क्रिकेटर, टेस्ट क्रिकेटरलगायत विधाको मनोनयन सार्वजनिक गरेको छ ।
आईसीसी पुरुष प्लेयर अफ दी डिकेटमा भारतका विराट कोहली, रविचन्द्रन अश्विन, इङ्ल्यान्डका जोय रुट, न्युजिल्यान्डका केन विलियम्सन, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, अस्ट्रेलियाका स्टिभ स्मिथ र श्रीलंकाका कुमार संगाकारा मनोनयनमा परेका छन् ।
Previous Article
काठमाडौं उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित
Next Article

नेपालमाला
