काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ ।
थप १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १३ जनाको मृत्यु भएपछि मृतकको संख्या १२ सय २ पुगेको हो।
त्यसैगरी शुक्रबार ३५ सय ३७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । देशभर क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भएको छ ।

नेपालमाला
