काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ६०१ महिला र ७९७ पुरुष गरी १३ सय९८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै काठमाडौंमा १६ हजार ३३१ भक्तपुरमा १२ सय ४८ र ललितपुरमा २२ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हालसम्म कोरोनाबाट काठमाडौंमा २५९ ,भक्तपुरमा ६९ र ललितपुरमा ६५ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १३ सय ९८ जनासहित ३ हजार ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
३६ हजार ५१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३६ हजार ५१४ जना छन् भने क्वारेन्टाइनमा १२ सय ३२ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६८ नमूनाको पीसीआर परीक्षण भएको छ।
बिहीबार ३४ सय ३० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ। आइसीयूमा ४२८ जनाको र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट १ हजार ५२ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमाला
