काठमाडौं : पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।
आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमाला
