काठमाडौं : काठमाडौं उपत्यका थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये ५ सय ६९ जना महिला छन् भने बाँकी ७८८ जना पुरूष हुन्। काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।
यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्। त्यस्तै, ललितपुरमा ८७९४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६४३१ जना निको भइसकेका छन् भने ६० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २३०३ छन्।
पछिल्लो २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
२४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।


नेपालमाला
