नयाँ दिल्ली : भारतीय राज्य बिहारमा विधानसभा चुनाव आजबाट सुरु भएको छ । पहिलो चरणमा ७१ विधानसभा सिटका लागि चुनाव सुरु भएको हो ।
बुधबारबाट सुरु भएको निर्वाचनले दुई करोड १४ लाख मतदाताले १०६६ प्रत्यासीको भाग्यको फैसला गर्नेछ । १६ जिल्लाको ७१ सिटका लागि हुने निर्वाचनमा एक सय १४ महिला पनि प्रत्यासी छन् ।
पहिलो चरणमा ५४ सिटमा एनडीए र महागठबन्धनबीच र बाँकी १७ स्थानमा त्रिकोणीय भीडन्त हुने भारतीय सञ्चार माध्यमले विश्लेषण गरेका छन् । पहिलो चरणको निर्वाचनले नै बिहारको भाग्य निर्धारण गर्ने र नेतृत्व चयनमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई विशेष रुपमा हेरिएको छ ।
पहिलो चरणमा तेजश्वी यादवको नेतृत्वमा महागठबन्धनको आरजेडीले ४२ सिटमा प्रतिस्पर्धा गर्दैछ । कंग्रेसले २१, सीपीआई मालेले ८ स्थानमा उम्मेदवारी दिएको छ । नितिश कुमारको नेतृत्वमा रहेको एनडीएको तर्फबाट जेडीयूले ३५ सिटमा उम्मेदवारी दिएको छ । यस्तै बीजेपीले २९ र जीतनराम माझी नेतृत्वको हिन्दुस्तान अगाम मोर्चा ६ स्थानमा चुनावी लडाईंमा उत्रिएको छ ।
Previous Article

नेपालमाला
