काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजा ४३९ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। आज गरिएको १४ हजार २०९ नमुना परीक्षण गर्दा ३ हजार ४३९ संक्रमण पुष्टि भएको हो ।

नेपालमाला
