काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।
२४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ। यस अवधिमा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमाला


