
गौतम राष्ट्रियसभामा मनोनीत
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् । राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।
उनले बिहीबार राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिएका छन्। २०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए। संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए। अढाई वर्षअघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्।