काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौं : बुधबार बिहानै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले निकैबेर हल्लाएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।
सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको हो । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments