राजा वीरेन्द्रले प्रयोग गरेको जहाज नारायणहिटी दरबारमा

काठमाडौं- शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ । नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए ।

सडकमा सवारी चाप कम भएको मौका पारेर साँझ त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमान गुडाएरै नारायणहिटीमा लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए ।

विमान तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्‍याइएको हो ।

विमान सडकमा गुडाएर लैजाने क्रममा  तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती परेको थियो ।गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो ।

यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलिकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments