क्रिस्मदा भट्टले जितिन् अनलाइन कविता प्रतियोगिता

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) काठमाडौंले आयोजना गरेको उपत्यकाव्यापी अनलाइन कविता वाचन प्रतियोगिता शनिबार भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राज्ञ जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको अनलाइन कविता प्रतियोगितामा एन प्याब्सनका राष्ट्रिय अध्यक्ष रितु सापकोटा, महासचिव सुवास न्यौपाने र वरिष्ठ सल्लाहकार कर्णबहादुर शाहीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खड्कबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रम जिल्ला सचिव अमृत खड्काले सञ्चालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा एन प्याब्सन जिल्लाका सह–कोषाध्यक्ष प्रेमकुमार भुजेलले राखेका थिए ।
कविता प्रतियोगितामा ५० भन्दा बढी विद्यालयका ७० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ज्ञानभूमि स्कुलकी कक्षा ६ की क्रिस्मदा भट्ट पहिलो, न्यु भिजन स्कुलकी कक्षा ७ की श्रेया दाहाल दोस्रो र ग्रिनफिल्ड स्कुलकी कक्षा १० की सुस्मिता सापकोटाले तेस्रो स्थान हात पारेका थिए । प्रतियोगितामा वाल्मीकि क्याम्पसका प्रमुख सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरे तथा सोही क्याम्पसका उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments