उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।  यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ३८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

१४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।  जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार पाँचवटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन्।

यस्तै १५१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १४ जनाको भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट १७५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments