काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २२० महिला र  ५९८ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या ३१ हजार ८ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ।  मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन्।

यस्तै मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् भने आइसोलेसनमा ९ हजार २ सय १२ जनाको उपचार भइरहेको छ। नेपालमा हालसम्म १४९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments