राखेप बोर्ड सदस्यको शपथ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ बोर्ड सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुवास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेको थियो । सदस्यहरुलाई सपथ गराउँदै मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए ।
सपथ कार्यक्रममा राखेप उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थिति रहेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments