कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिए।

रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ।

यस्तै सोमबार १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments