आइतबार थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। आइतबार संक्रमण पुष्टि भएका २१८ महिला र ४२३ पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २६ हजार ६६० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो १२ घण्टामा १२ हजार दुई सय जनाको स्वाबको नमुना परीक्षण गरिएको छ। अहिले नेपालमा संक्रिय संक्रमित ९ हजार २६१ रहेका छन्।

क्वारेन्टाइनमा १५ हजार २४३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ रहेको छ।

संक्रमितमध्ये आइसीयूमा १०० जनाको उपचार भइराखेको छ भने ६ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्।

संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन्। प्रवक्ता गौतमका अनुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो।  नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०४ पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments