सुनमा नयाँ रेकर्ड

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएअनुसार आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। तेजावी सुन तोलाको ९७ हजार ६० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज नेपाली बजारमा चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments