कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक÷एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक÷एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments