सुदूरपश्चिममा एकै दिन ६९ जनामा कोरोना पुष्टि

घोडाघोडी : सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएकाहरूमा डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments