टिपर दुर्घटनामा दुईको मृत्यु, ६ बेपत्ता

मान्म :  कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । उहाँका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments