काठमाडौँ : वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको हो ।
केही वर्षदेखि गीतकार थापा नशासम्बन्धी समस्यासँग जुधिरहेका थिए । संगीतकार महेश खड्काका अनुसार थापाको बिहीबार मधह्न १२ बजे निधन भएको हो ।
२०१८ सालदेखि गीत लेखनमा सक्रिय थापा फूलको डाली, पृथ्वी, जुन, उकाली आरोली, अवतार, रानीखोला, प्रतिक्षा लगायत चलचित्रमा गीत लेखेका थिए । उनले लेखेका जाग लम्क चम्क हे, विछोडको पीडा, ए कान्छा, घुम्तीमा नआऊ है, फूलैफूलको मौसम लगायत गीत लोकप्रीय छन् ।

नेपालमाला
