कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं : नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

अधिकारीका अनुसार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उप-महानगरपालिका निवासी ५१ वर्षीय महिला रहेका छन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना जित्‍नेको संख्या ४५ पुगेको छ। २ जनाको मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments