काठमाडौं : विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्दा हुन् ।
उनीहरु वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या भने चार सय २७ पुगेको छ । बुधबार मात्र थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमाला
