सोमबार मात्र ८० जना कोरोना संक्रमित भेटियो, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं : सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख आठबीस–१ का पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बाँकेको नरैनापुर गाविसमा पनि थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार दिउँसो पनि नरैनापुरमा एक महिलासहित ४७ जनामा संक्रमित भेटिएको थियो ।
मन्त्रालयका अनुसार धनुषाका दुई पुरुष, खोटाङ हलेसीका एक पुरुष, सुनसरी निवासी एक पुरुष र झापका एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको जनाइएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फकिँदा दुई जनाले भने ज्यान गुमाएका छन् । सोमबार मात्र ८० जना संक्रमित भेटिएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments