
कपिलवस्तुका थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१९
काठमाडौं : कपिलवस्तुका थप एकजनामा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या २१९ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरानो संक्रमण रहेको पुष्टि भएको थियो ।
बुधबार यसअघि बाँके नेपालगन्ज–९ का ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजिटिभ देखिएको थियो। काभ्रे धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।
LEAVE A COMMENT
0 Comments