कोरोनाबाट मर्नेको संख्या दुई लाख ९२ हजार नाघ्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार आठ सय आठ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३६८ को ज्यान गएको छ । बेलायतमा ३२ हजार ६९२, इटलीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० को कोरोनाका कारण ज्यान गइसकेको छ ।

विश्वका २१५ देशमा देशमा फैलिएको कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । १५ लाख ९६ हजार ७६३ जना निको भइसकेका छन् ।

२४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४६ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको सामान्य रहेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments