सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस्तै सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments