अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७२ हजार नाघ्यो

न्युयोर्क : कोरोना भाइरस (कोभिड–१९) महामारीको केन्द्र अमेरिकामा यसबाट ७२ हजार बढीको मृत्यु भएको छ । पछिल्लोे तथ्यांकअनुसार हालसम्म अमेरिकामा ७२ हजार दुई सय ७१ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी १२ लाख ३७ हजार ६३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये दुई लाख ६ सय २८ जना निको भएका छन् ।
पछिल्लो समय संक्रमण र मृत्यु न्यून हुँदै गएका इटालीमा मर्नेको संख्या २९ हजार ३१५ पुगेको छ। यो संख्या अमेरिका र बेलायतपछि हो। त्यस्तै दोस्रो स्थानमा रहेको बेलायतमा हालसम्म २९ हजार ५०१ ले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
बेलायतमा इटालीभन्दा मृत्युदर बढी देखिएको छ। हालसम्म बेलायतमा १ लाख ९६ हजार २४० संक्रमित हुँदा इटालीमा २ लाख १३ हजार १३ संक्रमित रहेका छन्। त्यस्तै स्पेनमा २ लाख १९ हजार ३२९ जनामा संक्रमण पुष्टि भएको छ। स्पेनमा इटाली र बेलायतभन्दा मृत्युदर कम रहेको छ। हालसम्म स्पेनमा २५ हजार ६१३ को मृत्यु भएको छ।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ३७ लाख २६ हजार ७०४ जना संक्रमित भइसकेका छन् । जसमध्ये दुई लाख ५८ हजार २९५ जनाले ज्यान गुमाएका छन् भने १२ लाख ४१ हजार ९२४ निको भएका छन्।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments