नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं : बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ । यसअघि १६ जना उपचारपछि घर फर्किएकोमा थप दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो ।

वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments