थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं : आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो।

वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्। नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।

योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४  र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ।

अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्।  आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments