लुकेर नेपाल छिरेका थिए रुपन्देहीका संक्रमित

बुटवल : रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा कोटहीमाई गाउँपालिकाका हुन् । उनी भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ । भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको हो ।

नेपाल- भारत सीमामा कडा सुरक्षा तैनाथीका बीच उनी लुकेर नेपाल पसेको बुझिएको छ । गाउँमा आएको पत्ता पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि मात्रै उनलाई क्वारेन्टाइन लगिएको थियो । उनी अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments