ओलीले अध्यक्ष र प्रधानमन्‍त्री दुवै नछाड्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदहरुसँगको छलफललाई तीव्रता दिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी सांसदको हस्ताक्षर समेत गराइएको छ। बुधबार बिहानसम्‍म प्रतिनिधिसभा र राष्ट्रियसभाका ६० भन्दा बढी सांसदहरुले हस्ताक्षर गरिसकेका छन्।

ओलीले बुधबार साँझ ५ बजेको सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउन सांसादलाई हस्ताक्षर गराउन सुरु गरेको स्रोतको दाबी छ । आन्तरिक विवाद र पछिल्लो घटनाक्रमको विषयमा छलफलका लागि साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले आफूसँग बहुमतको साथ रहेको बताउँदै सहयोगका लागि आग्रह गर्नेछन्। अध्यक्ष र प्रधानमन्‍त्री कुनै पनि पद छोड्न ओली तयार नरहेको स्रोतको दाबी छ।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचणडसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार स्रोत अनुसार ओलीसँग पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस गर्ने अभियानमा ओली लागेका छन् ।

अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको छ। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली पक्ष स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छ। न्प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments