कोरोनाले विश्वभर दुई लाख १७ हजारभन्दा बढीको मृत्यु, ३१ लाख बढी संक्रमित

काठमाडौं : विश्वभर महामारीको पमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १७ हजार नाघेको छ । अहिलेसम्म यस भाइरसको संक्रमणबाट दुई लाख १७ हजार नौ सय ७० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै विश्वभर ३१ लाखभन्दा बढी संक्रमति भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा अगाडि अमेरिका रहेको छ । अमेरिकामा अहिलेसम्म ५९ हजार दुई ६६ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमितको संख्या पनि १० लाख नाघेको छ । यहाँ १० लाख ३५ हजार सात सय ६५ जनामा कोरोना संक्रमण भइसकेको छ । अहिलेसम्म एक लाख ४२ हजार दुई सय ३८ जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार ३१ लाख ३८ हजार एक सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि स्पेनमा दोस्रो बढी संक्रमित संख्या रहेको छ । त्यहाँ हालसम्म दुई लाख ३२ हजार १२८ मा संक्रमण भेटिएको छ । जसमध्ये २३ हजार ८२२ ले ज्यान गुमाएका छन् भने एक लाख २३ हजार ९०३ जना निको भएका छन् ।
लगातार संक्रमण र मृत्युदुर घटेको इटालीमा २ लाख १ हजार ५०५ मा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार ९४१ जना निको भएर घर फर्किएका छन् भने २७ हजार ३५९ को मृत्यु भएको छ।
पछिल्लो समय रुसमा संक्रमण तीव्र रुपमा फैलिएको छ । अहिलेसम्म रुसमा ९३ हजार ५५८ जना संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ८६७ ले ज्यान गुमाएका छन् भने ८ हजार ४५६ जना निको भएका छन्।
गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिन सुरु भएको महामारीका कारण चीनमा मंगलबार कसैको पनि मृत्यु भएको छैन। हालसम्म त्यहाँ ८३ हजार ९३८ संक्रमित हुँदा ४ हजार ६३७ ले ज्यान गुमाएका छन्। त्यस्तै ७८ हजार ४०३ जना निको भइसकेका छन्।
छिमेकी मुलुक भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ३१ हजार नाघेको छ । बुधबार बिहानसम्म त्यहाँ ३१ हजार तीन सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । एक हजार आठ जनाले ज्यान गुमाउँदा सात हजार सात सय ४७ जना उपचारपछि निको भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने १६ जना उपचारपछि निको भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments