कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

काठमाडौै : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख ६४ हजार दुई सय ५५ पुगेको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा छन् । अहिलेसम्म अमेरिकामा १० लाख १० हजार तीन सय ५६ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् । यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार पाँच सय ३७ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार सात सय ९७ पुगेको छ । त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका नौ लाख २२ हजार तीन सय ८७ संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस छन् । यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments