तीन दलको निष्कर्ष : सरकार सर्वसत्तावादतर्फ उन्मुख

काठमाडौं : विपक्षी तीन दलले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् । लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चँदै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकाले लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता पनि ती तीन दलले जनाएका छन् ।

सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको बैठकले निष्कर्ष पनि निकालेको छ । बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन पनि सरकारसँग माग गरेका छन् । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन परीक्षणमा ढिलासुस्ती भएको भन्दै त्यसलाई तीव्रता दिनसमेत माग गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधिm विजय गच्छदार, सशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, प्रकाशमान सिंह र विश्वप्रकाश शर्मा सहभागी थिए । यस्तै जनता समाजवादीका महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरद्सिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी मात्रै सहभागी भएका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments