काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नौ सय ६० पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म दुई लाख ६ हजार ९ सय ९७ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार नौ सय ५५ जना उपचारपछि घर फर्केका छन् । अहिले विश्वमा १९ लाख नौ हजार आठ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचारतमध्ये ५७ हजार ६ सय ३० जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ ।
नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १६ जना उपचारपछि अस्पतालबाट घर फर्किसकेक छन् । बाँकीको अहिले उपचार चलिरहेको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा देखिएको थियो । त्यसयताको चार महिनामा यो भाइरस फैलिएर विश्वका दुई सय १० देश तथा क्षेत्रमा फैलिएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रमा अमेरिका अग्र स्थानमा छ । यस्तै संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार तीन सय २२ पुगेको छ । अमेरिकामा ५५ हजार चार सय १५ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना भाइरस संक्रमित देखिएकोमा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरस संक्रमतिको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ । यीमध्ये २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार १ सय रहेको छ, जसमध्ये २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म ५ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ।
बेलायतमा संक्रमितको कूल संख्या १ लाख ५२ हजार ८ सय ४० पुगेको छ भने २० हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना भाइरस संक्रमित १ लाख १० हजार १ सय ३० पुगेका छन्। यीमध्ये २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ।
इरानमा ९० हजार ४ सय ८१ कोरोना भाइरस संक्रमित रहेकोमा ५ हजार ७ सय १० जनाले ज्यान गुमाइसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ३० पुगेको छ, जसमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।
रुसमा ८० हजार ९ सय ४९ जना कोरोना संक्रमितको संख्या रहेको छ। यीमध्ये ७ सय ४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा ६२हजार ८ सय ५९ कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ।
कोरोनाका कारण क्यानाडामा २ हजार ५ सय ६०, बेल्जियममा ७ हजार ९४, नेदरल्याण्ड्समा ४ हजार ४ सय ७५, स्वीट्जरल्याण्डमा १ हजार ६ सय १०, आयरल्याण्डमा १ हजार ८७, स्वीडेनमा २ हजार १ सय ९४, पोर्चुगलमा ९ सय ३ र भारतम ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन्।