जेनेभा : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख तीन हजार २६९ पुगेको छ। यस भाइरसबाट २९ लाख २० हजार ९१४ मा संक्रमण भइसकेको छ। यस्तै विश्वभर आठ लाख ३६ हजार ७०७ निको भएर घर फर्किसकेका छन्।
मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म संक्रमितमध्ये करिब १ लाख निको भएका छन्।
यसैगरी स्पेनमा २ लाख २३ हजार ७५९ लाई कोरोना संक्रमण हुँदा २२ हजार ९०२ ले ज्यान गुमाएका छन्। त्यस्तै ९५ हजार ७०८ जना निको भएका छन्।
यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ। हालसम्म इटालीमा २६ हजार ३८४ ले ज्यान गुमाएका हुन्। त्यस्तै १ लाख ९५ हजार ३५१ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६३ हजार १२० निको भएर घर फर्किएका छन्।
पछिल्लो पटक रुसमा संक्रमण तीव्र देखिएको छ। तर मृत्युदर भने कम देखिएको छ। हालसम्म ७४ हजार ५८८ मा संक्रमण पुष्टि भइसक्दा ६८१ ले ज्यान गुमाएका छन्।
त्यस्तै छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ। २६ हजार २८३ मा संक्रमण पुष्टि हुँदा ५ हजार ९३९ भने निको भइसकेका छन्।
कुन देशमा कतिले ज्यान गुमाए
अमेरिका
संक्रमित: ९,३६,६१६
मृत्यु: ५३,५११
निको: ९९,७९२
स्पेन
संक्रमित: २,२३,७५९
मृत्यु: २२,९०२
निको: ९५,७०८
इटाली
संक्रमित: १,९५,३५१
मृत्यु: २६,३८४
निको: ६३,१२०
फ्रान्स
संक्रमित: १,६१,६४४
मृत्यु: २२,६४८
निको: ४५,३७२
जर्मनी
संक्रमित: १,५६,४१८
मृत्यु: ५,८७३
निको: १,०९,८००
बेलायत
संक्रमित: १,४९,५६९
मृत्यु: २०,३८१
निको: ७७४
टर्की
संक्रमित: १,०७,७७३
मृत्यु: २,७०६
निको: २५,५८२
चीन
संक्रमित: ८३,९०१
मृत्यु: ४,६३६
निको: ७८,१३८
भारत
संक्रमित: २६,२८३
मृत्यु: ८२५
निको: ५,९३९
नेपाल
संक्रमित: ४९
मृत्यु: ०
निको: १२